Sunday, May 12, 2019


. राहत प्याकेज 
पहिलो दिन घटस्थापना, बडा दसँैको पावन उपल्क्ष्यमा देशका समस्त सुकुम्वासीहरूलाई लत्ताकपडा तथा खाद्यपदार्थ वितरण गर्ने सरकारको घोषणा रेडियाबाट सुनेर ब्रह्मपुरी गाउँका सुकुम्वासीहरू पनि मीठो परिकार अनि नयाँ लुगामा यसपालिको चाड खुसीसँग मनाउन पाइने भयो भन्ने आशामा मुहार हँसिलो बनाए ।
दोस्रो दिन ऋण नलिएर नै रमाइलोसँग चाड मनाउने धोको पूरा हुने सङ्केत पहिलोपल्ट देखेपछि के बूढा, के युवा, के बालबच्चा, के अभिभावक सबैको मनमा खुसीयाली छायो ।
तेस्रो दिन झन् देशका हरेक सुकुम्वासी बस्तीमा गएर गठित टोलीले लत्ताकपडा तथा खाद्यपदार्थ बाँडिरहेका रेडियाबाट समाचार बारम्बार सुनेपछि क्षण प्रतिक्षण स्वाभाविक रूपले पुलकित हुँदै गए ।
चौथो दिन त्यस गाविसका लागि लत्ताकपडा तथा खाद्यपदार्थ वितरण टोलीको प्रमुखमा आफ्नै गाउँको जमिन्दार साहेबको जेठो छोरो छनौट भएपछि थप केही दयामाया पाउने आशाले उनीहरू हर्षविभोर भए ।
पाँचौँ दिन टोली प्रमुखको घर अर्थात् आफ्नो गाउँको जमिन्दारको घरमा एक ट्रक मालसामान आएको देख्दा सुकुम्वासीहरूले हाम्रो निम्ति आएका हुन् भनेर आ-आफैमा निष्कर्ष निकालेपछि खुसीको निश्चित सीमा रहेन ।
छैटौँ, साताँै, आठौँ दिन जमिन्दारको प्राइभेट जिपमा सम्पूण मालसामानको केही अंश लोड गरेर छिमेकी गाउँहरूमा बाँड्ने भनेर एकाबिहानै टोली प्रमुख हिँडेपछि ब्रह्मपुरी गाउँका सुकम्वासीहरूले एकआपसमा ‘आज फलानो गाउँमा मालिक सामान वितरण गर्न जानुभा’छ ।’ हषिर्त स्वरमा भन्दै उनीहरू छिमेकी गाउँका आफ्ना इष्टमित्रलार्इर्र्त्यहीबाटै मनमनै भन्थे, “तिमीहरू भाग्यमानी छौ, हामीभन्दा पहिले नै कृपादृष्टि पायौ । हाम्रो पालो आउँछ, राम्रोसँग यसपाली दसैँ मनाउनू ।”
नवमीको दिन, टोली प्रमुखको आफ्नै गाउँमा सामान वितरण गर्ने दिन आएपछि सुकुम्वासी बस्तीमा जिप गयो तर मालसमानविना नै । गाडीमा न त लत्ताकपडा थियो न त खाद्यपदार्थ नै थियो । सिवाय टोली प्रमुख र ड्राइभर । गाडीभित्रबाट निस्केर प्रमुखले भन्न थाले, “ए मेरा दाजुभाइ तथा दिदीवहिनीहरू हो, यस गा.वि.सका सम्पूण सुकुम्वासी वस्तीहरूमा हामीले लत्ताकपडा तथा खाद्यपदार्थ बाँड्यौँ तर दुःखमय कुरा के छ भने आज मेरो आफ्नै गाउँमा बाँड्ने पालो आउँदा सम्पूण मालसामान रित्तिन पुग्यो तर तिमीहरू चिन्ता नगर । म आफ्नो व्यक्तिगत तर्फाट भएपनि तिमीहरू सबैलार्इर्र्कामै नगरी एक दिनको ज्याला दिने वाचा गर्छु साथमा अर्को वाचा पनि क गर्छु ने अर्कोपल्ट यस्तै कार्यक्रम आउँदा पहिलो प्राथमिकता तिमीहरूलार्इर्र्नै दिनेछु ।” उनीहरू अचम्मित भए । केही नपाएपनि जमिन्दारको छोरोअगाडि केही विरोध गर्न सकेन ।
दशमी दिन गाउँमा गाइँगुइँ हल्लाको बतास चल्यो कि सबै सुकुम्वासी बस्तीमा गएर जमिन्दारको छोरोले यस्तै वाचा गरे रे अनि प्रत्येक दिन एकाबिहानै मालसामान बोकेर हिँड्ने गाडी त सहरको एक थोक व्यापारिक गोदाम घरमा जाँदो रहेछ ।
यता सुकुम्वासीहरूले रेडियोबाट सुने, “सुकुम्वासीहरूको निम्त भनेर तयार पारिएको लत्ताकपडा तथा खाद्यपदार्थ वितरण कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ र यसबाट उनीहरू औधी खुसी भएको कुरासमेत हाम्रो विभिन्न ठाउँमा रहेका संवाददाताहरूले जनाएका छन् ।” प्रसारित समाचार सुनेपछि व्रह्मपुरी गाउँका सुकुम्वासीहरूको हात भोको पेटमा र आँखा जीउका च्यातिएका लुगामा गएर अडिन पुग्यो ।
एकादशीको दिन, फेरि तिनीहरुले समाचार सुने, “फलानो जिल्लाको फलानो गाविसमा पर्ने व्रह्मपुरी गाउँको फलानो जमिन्दारको जेठो छोरोको निजी जिप हिजो राती केही उच्छृङ्खल मानिसको समूहले पर्ूण्ारूपमा बेकामे हुने गरी जलाई दिएका छन् ।” समाचार सुन्ने केही सुकुम्वासीहरू भने मुसुमुसु हाँसिरहेका थिए ।

No comments:

Post a Comment

The Velveteen Rabbit -  Early Reader English Story for  Kids A soft and fluffy Velveteen Rabbit lived in a toybox in a Boy's room...